Ads

पूर्वप्रधानमन्त्रीहरूलाई जोगाउन बालुवाटार जग्गा प्रकरण सामसुम पारियो:अध्यक्ष लिङ्देन


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उहाँले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताए।

उनले जनतालाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार विरुद्धका काम गरेँ भनेर दंगा पिटेको बताए। उनले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गरे।

उनले ललितानिवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए।

उनले नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको बताए। उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताए।

उनले भने, ‘आज सरकाकर मस्त निद्रामा छ। केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारको विरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ। केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काकम गर्न लाग्यो कि के हो भनेर। आज आदेशअनुसार काम गर्ने? आफ्नो पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रिपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन? त्यो फाइल सामसुम पार्ने योजना छ।’

अध्यक्ष लिङदेनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताए।

Ads

सम्बन्धित पोष्टहरू