काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यमा ७०० सय रुपैयाँले गिरावट आएको छ । अघिल्लो शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ७०० ले घटेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य १ लाख ११ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार आज छापावाल सुनको मूल्य तोलामा २०० रुपेयाँले वृद्धि भइ प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
कारोबारको अन्तिम दिन यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ रहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने बढेको छ । कारोबार साताको अन्तिम दिन आज तोलामा २० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्