काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध जारी राखेको संसदको समस्या समाधानका लागि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अग्रसरता देखाएका छन् । सभामुख घिमिरेले आज सत्ता पक्ष र विपक्षी दलबीच छलफल गराउने तयारी गरेका हुन् ।
सभामुख घिमिरेले आज बिहान ११ बजेका लागि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने जनाइएको छ ।
आज पनि दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसअघि सदनमा जारी अवरोध खुलाउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच छलफल हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्