काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग किर्ते प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई छुट दिने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएका छन् ।
उक्त जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराउँदै सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाएका हुन् ।
आज सामाजिक सञ्जालमा लेख्दै लामिछानेले भट्टराई र नेपालसहित निर्णय प्रक्रियामा सहभागी मन्त्रीहरूको बयानविना सीआईबीले आज फाइल बुझाउने तयारी गरेको आफ्नो असन्तुष्टि पोखेका छ । लामिछानेले लेखेका छन्– ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ‘ ठूलै गडबड छ ।’
प्रतिक्रिया दिनुहोस्