Ads

प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय दलको बैठक पनि निष्कर्षविहीन,भोलि फेरि बस्ने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदन खुलाउन बोलाएको छलफल विनानिष्कर्ष सकिएको छ । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्वपा सभापति रवि लामिछानेले बताए ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको बताए ।

‘अब बैठक फेरि बस्छ । भोलि बस्ने बैठकमा सहमति जुट्नेछ’, उनले भने ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जानकारी दिए ।

उनले अघि भने, एकदम नजिक पुगेको हुनाले एउटा बैठकले टुंगोमा पु¥याउने र सदन जसरी पनि सञ्चालन गर्ने कुराकानी भएको छ ।’

Ads

सम्बन्धित पोष्टहरू