Ads

रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा


काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरु सामूहिक छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा कांग्रेस ८ जना मन्त्रीबीच सामूहिक छलफल भइरहेको छ ।

छलफलमा सरकारको काम कारबाहीको विषयमा कुराकानी भएको एक मन्त्रीले जानकारी दिए । गत महिना भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक र संसदीय दलको बैठकमा सरकारको कामको आलोचना भएको थियो ।

पछिल्लो समय सरकारले गरेको राम्रो कामको जस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिने तर ल्हारक्याल लामाको नियुक्तिजस्तो विवादास्पद विषयको जिम्मा कांग्रेसले पनि बोक्नुपरेको केही नेताहरुले बताएका थिए ।

संसदीय दलको बैठकमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिको विषयमा प्रधानमन्त्रीसँग असन्तुष्टि राखेको जवाफ दिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू