Ads

जनमत पार्टीका अध्यक्ष सिके राउत भारतको दिल्लीमा


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत भारतको दिल्ली पुगेका छन् । देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी आज दिल्ली पुगेका हुन् ।

उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ । सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ । उनी यसअघि जेठको दोस्रो साता दिल्ली पुगेका थिए । त्यहाँ उनले भाजपाका केही नेतासँग भेटघाट गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू