काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । लामो समयदेखि बिरामी रहेका उनका पिता हर्कबहादुर राईको निधन भएको छ ।
किरातीका बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए । मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् बुवाको निधन भएको जानकारी दिएका छन् ।
मन्त्री किरातीकी आमाको पहिले नै निधन भइसकेको थियो । बुवाको निधन भएपछि किरातीले सामाजिक सञ्जालमा लेखेका छन्– आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन । सारा नेपाली मेरो आमा बुवा हुन् ।बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु, तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !
प्रतिक्रिया दिनुहोस्