काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसाे ३ बजे बस्ने भएको छ।मंगलबार निर्धारित बैठक विशेष कारणवश बस्न नसकेकाले बैठक बुधबारका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यसअघि प्रतिनिधिसभा बैठक मंगलबार ३ बजेका लागि राखिएको थियो । सो बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम बुधबार अपराह्न ३ बजे बस्ने गरी निर्धारण गरेको संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्