काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सहमति जुटेको छ ।
सिंहदरबारमा जारी राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आजेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुटिसकेको र हस्ताक्षर गर्ने तयारी भइरहेको ती नेताले जानकारी दिए । “आजको बैठक चल्छ । सहमति पत्र एकछिनमा सार्वजनिक हुनेछ,” उनले भने ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । आज दिउँसाे ३ बजे संसद बैठक बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्