काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न अमेरिकी राजदूत थम्पसन बुधबार रास्वपाको पार्टी कार्यालय वनस्थली पुगेका थिए ।
उक्त भेटमा प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता रहेको रास्वपाले बताएको छ ।
उक्त भेटघाटमा नेपालको आर्थिक विकास र सुशासनका विषयहरूमा छलफल भएको भेटपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, सो क्रममा नेपालीले दिनहुँ भोगिरहेका भिसासम्बन्धी समस्याबारे आफू जानकार रहेको र त्यसको समाधान राजदुताबासको उच्च प्राथमिकतामा रहेको राजदूत थम्पसनले जानकारी गराएको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्