काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच २ बुँदे सहमति भएको छ।
बुधबार प्रधानमन्त्री कार्यालय,सिंहदरबारमा बसेको ७ दलका नेताहरुबीचको बैठकले २ बुँदे सहमति जुटाएको हो । यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ ।
उक्त छलफलमा सुन प्रकरण छानबिन गर्न आयोग गठनको सहमति जुटेको हो।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । आज दिउँसाे ३ बजे संसद बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्