काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।
सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हाे ।
सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख गरिएको छ।
सो आयोगले हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन, भेपमा राखेर ल्याइएको ९ किलो सुन तस्करीबारे अनुसन्धान गर्नेछ।
रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले सदन खोल्ने पनि सहमति भएको जानकारी दिए।
‘दुईबुँदे सहमतिसँगै उहाँ (एमाले)हरूले अवरुद्ध गर्दै आउनुभएको सदन आजै खुल्छ’, उनले भने।
सम्बन्धित समाचार
प्रतिक्रिया दिनुहोस्