काठमाडाैँ । नेपालले चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा कुवेतलाई हराउदै नेपाल फाइनल नजिक पुगेको छ ।
मलेसियामा जारी चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टिमले बुधबार कुवेतलाई ३४ रनले पराजित गरेको हो।
नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन जोडेको थियो। ८० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ८ विकेट गमाउँदै ५५ रन मात्र बनाउन सक्यो।
नेपालका लागि इन्दु वर्माले २३, विन्दु रावलले २० तथा काजल श्रेष्ठले १९ रन जोडिन्। ईन्दु वर्माले ३, खुसी डंगोलले २ तथा ईश्वरी विष्ट, सीता रानामगर र कविता कुँवरले एक/एक विकेट लिएका थिए।
नेपालले पहिलो खेलमा हङकङलाई पराजित गरेको थियो। यो श्रृंखला अन्तर्गत अन्तिम खेल नेपालले शुक्रबार मलेसियासँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्