Ads

कोशीमा गठबन्धनले संविधानमाथि निर्घात आक्रमण गर्‍यो: याेगेश भट्टराई


काठमाडौं ।नेकपा एमालेले कोशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताएको छ ।

प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले केशी प्रदेशमा संविधानमाथि निर्घात आक्रमण भएको बताएका हुन् । सभामुख स्वतन्त्र बस्नुपर्ने तर हस्ताक्षर गरेर सकरार बनाउने काम गरिकोमा उनले आपत्ति जनाए ।

उनले भने, ‘केही दिनअगाडि सभामुखलाई हस्ताक्षर गरेर सरकार बनाउने कामलाई अदालत असंवैधानिक भन्यो । फेरि अहिले सभाध्यक्षमा बसेको व्यक्तिले निर्णायक भयो भनेमात्रै मत दिने हो । आफै सभामुखको कुर्सिमा बसेर आफैं मतदान गर्न जानु संविधानमाथिको ठाडो हस्तक्षेप हो ।’

उनले आफैँले बनाएको संविधान रक्षा गर्ने र अगाडि बढाउने दायित्व नभूल्न आग्रह गरे । कोशीको घटना नेपालको इतिहासमा निन्दनीय भएको उनको टिप्पणि थियो ।

Ads

सम्बन्धित पोष्टहरू