Ads

ज्ञानेन्द्र शाहीको प्रश्नःमाधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ गरी हिरासतमा किन नराखेको?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुमाथि छानबिन नभए सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेको भन्दै सरकारको आलोचना गरेका छन्।

बुधबार संसद बैठकमा बोल्दै उनले देशमा दुइटा कानुन बनाउन नपाइने बताए। उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले किन माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे।

उनले भने, ‘यो देशमा कानुन दुई थरी बनाउनुस्, ठूल्लठूला नेतालाई कानुन नै नलाग्ने ? उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई चाहिँ गल्ती नगरेपनि कान समाएर जेलमा हाल्ने यो कानुन लेख्नुभयो भने सैह्य हुन्छ होइन भने संसदमा आवाज होइन सडकमा आन्दोलन हुन्छ । पूर्वप्रधानमन्त्री ठालुहरुलाई सीआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको ? यसको जवाफ दिनुपर्छ ।’

Ads

सम्बन्धित पोष्टहरू