काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।
सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट संवाद गरेको पाइएपछि महानिर्देशक अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हाे ।
मन्त्रालयले यसबारे के भएको हो अनुसन्धान गर्नका लागि मन्त्रालयमा तानिएको स्रोतले जनाएको छ । उनलाई मन्त्रालयको जगेडामा राखिएको छ । उनले २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए ।
प्रतिक्रिया दिनुहोस्