Ads

संसदमा सूर्य थापाले भने: ‘सरकार हरायो सभामुख महोदय, सरकार खोजीपाँउ’


काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थित नभएपछि खोजि दिन सभामुखसँग आग्रह गरेको छ।

संसदको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको भन्दै खोजिदिन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका हुन्। सदनमा प्रधानमन्त्रीसहित २५ जना मन्त्रीमध्ये कुनै पनि नदेखेपछि खोजिदिन आग्रह गरेका हुन्।

उनले भने–‘सरकार हरायो सभामुख महोदय, सरकार खोजीपाँउ । मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन । प्रतिनिधि सभा नियमावली अन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, प्रधानमन्त्री र २५ जना मन्त्रीहरू मध्ये १ जना पनि यो सदनमा नदेखिनु यो घनघोर अन्याय हो, अपमान हो यो सदनको म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद थापाले ध्यानाकर्षण गराउँदा गराउँदै राज्यमन्त्री नन्दा चपाई सभाहलमा प्रवेश गरेकी थिइन । सभामुख घिमिरेले मन्त्री बैठकमा आइसकेकोले अब बैठक नियमित अगाडि बढ्ने जानकारी गराए ।

उनी बोल्दै गर्दा जनमत पार्टीको सांसद एवं सामान्य प्रशासनमन्त्री अनिता देवी साह आइपुगिन्। त्यसपछि सभामुखले मन्त्री आइपुगेको र अब सदन चल्छ बस्नुहोस् भने।

Ads

सम्बन्धित पोष्टहरू