मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । केहि अधुरो काम सम्पन्न हुने दिन रहेछ । आर्थिक लाभ पनि होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृ होला । केही विवादमा समेत परिने योग छ सावधान रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
प्रतिक्रिया दिनुहोस्