Ads

तुलसीपुरका महिला कैदीबन्दीलाई नयाँ भवनमा सारियो


दाङ । दाङकाे तुलसीपुर कारागारमा महिला कैदीबन्दीहरुलाई तीन वटा कोठामा थन्क्याईएको थियो । जहाँ कैदीबन्दीलाई बस्न निकै समस्या हुने गरेको थियो । तर, अब त्यो समस्या हटेको छ । कारागार कार्यलय तुलसीपुरका महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारिएको छ । यस अघि पुरानो भवनमा रहेका कैैदीबन्दीहरुलाई विहीबार नयाँ भवनमा सारिएको हो ।

यसअघि तीन वटा कोठामा मात्रै ४९ जना महिला कैदीबन्दी र तीन जना आश्रित बालबालिकाका थिए । जहाँ निकै साँघुरो र बस्न अफ्टेरो हुने गरेको थियो । त्यसैलैलाई मध्येनजर गरि नयाँ महिला कैन्दीबन्दीको भवन निर्माण गरिएको हो । लुम्बिनी प्रदेश सरकारको ३ करोड ८८ लाख लागतमा निर्माण भएको नयाँ भवनमामा १८ वटा कोठा छन् । यो संगै कैदीबन्दीहरु खुसी भएका छन् ।

नयाँ भवनमा ८५ जना कैदीबन्दीलाई राख्न सकिन्छ । निर्धारित समय भन्दा अघि नै भवन निर्माण भएपछि अहिले कैदीहरुलाई कैदीबन्दीहरुलाई छिटै नयाँ भवनमा सारिएको कारागारका जेलर चिन्तामणी रेग्मीले बताए। २०७८ साउन २५ गते सम्झौता भइ २०८० भदौ १ गते सक्ने गरि सम्झौता भएपनि असार मसान्त भित्रै उक्त भवन निर्माण कार्यले पूर्णता पाएको हो । महिला कारागार भवनको दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा पुनले महिला कैदीहरुलाई बस्न निकै समस्या हुने गरेकाले नयाँ भवन निर्माणमा ताकेता गरेको बताए।
तुलसीपुरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै भवन निर्माण गरिएको छ। यसअघि पुरुष कैदीबन्दीलाई नयाँ भवनमा राखिएको थियो । तुलसीपुरमा हाल पुरुष ४ सय ७७ पुरुष, ४९ जना महिला, ३ जना आश्रित बालबालिका, १४ जना विदेशी कैदीबन्दी रहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू