उदयपुर । मदन भण्डारी लोक मार्ग अन्तरगत उदयपुरको उदयपुर गढी ६ मौबासी खोला नजिक पहिरो जाँदा गाईघाट दिक्तेल सडक खण्ड अवरुद्ध भएको छ ।
सडकअबरुद्ध हुँदा यात्रीहरू समेत अलपत्र परेका छन् । गएराति राती ३ बजे पहिरोले सडक अवरुद्ध पारेको हो । पहिरो माथिबाट बगेको कारण पन्छाउन समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।
पानी नरोकिए सम्म पहिरो हटाउन समस्या भएको वडा न ६ का वडा अध्यक्ष कृष्ण खत्रीले बताए । पहिरो हटाउने काम भने भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्