काठमाडाैँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच कुराकानी भएको हो।
गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।
मुलुकको अर्थतन्त्र चलायमान बन्न नसकेको भनेर सरोकारवालाले चिन्ता व्यक्त गरिरहेको समयमा राष्ट्रपतिले गभर्नरसँग कुरा गरेका हुन् ।
यसै साता मंगलवार राष्ट्रपति पौडेलले संसद अवरोध हटाउन भन्दै प्रतिनिधिसभामा रहेका दलहरूसँग छलफल गरेका थिए । तर, राष्ट्रपतिले राजनीतिक सक्रियात देखाउन खोजेको भन्दै नेकपा (एमाले)ले शीतलनिवासमा राखिएको बैठक बहिस्कार गरेको थियो ।
पौडेलले भने राजनीतिक सक्रियता जनाउने कुनै मनसाय नरहेको बताएका थिए । लामो अस्वस्थतापछि पौडेलले पछिल्लो समय राजनीतिक दलका नेताहसँग भेटवार्ता गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्