Ads

सिराहाकाे अम्बासमा बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

भोलि सिराहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरेको उनले बताए । अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ ।

मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू