काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै सबै सचेत रहनुपर्ने बताएका छन् । शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारे ।
सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए । त्यस्तै उनले संघ प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
उनले देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको जिकिर गरे । उनले वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको निरिक्षण समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्