Ads

रवि लामिछानेलेले भने: गाईगोरु काट्न कानुनले वर्जित गरेको छ, मान्दिनँ भन्न पाइँदैन


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले वर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन् । शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले धरानमा गाईगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय सद्भाव भड्काउन नहुने बताए ।

‘आज जातीय सद्भाव भड्काउन पाइयो भनेर भ्रष्टाचारका काण्डहरू सामसुम हुन्छ भनेर त्यतातिर आगो झोसिरहेका छन् । त्यो आगोमा म पेट्रोल मट्टीतेल हाल्दिन । पानी छ भने हाल्छु । नेपालको कानुनलाई मिच्न पाइँदैन । संविधानले गाईगोरु काट्न पाइँदैन भनेर स्पष्ट भनेको छ । कानुनी रूपमा वर्जित काम गर्न पाइँदैन । कानुन मान्दिनँ भन्न पाइँदैन,’ उनले भने ।

सभापति लामिछानेले सबै जातजाति मिलेर बनाएको संविधान मान्दिनँ भन्न नहुने बताए। उनले एक अर्काबीचमा वैमनष्य खडा गरेर राजनीतिको रोटी सेक्ने काम नगर्न चेतावनी दिएका छन् ।
‘यो कानुन विभिन्न जातजाति धर्मावलम्बीहरू बसेर बनाएको होइन र ? यसलाई हामीले पालना गर्नु कर्तव्य हो ।

एकअर्काको आस्था र विश्वासमाथि आँच आउने कार्य हामी कसैले पनि गर्नुहुँदैन । सद्भाव खलबल्याउने र एक अर्का बीचमा वैमनष्य खडा गरेर राजनीतिको रोटी सेक्ने काम गर्नुहुँदैन । हामी एकअर्काविरुद्ध लड्न आएका होइनौं । यही कुरालाई बंग्याएर समाजलाई द्वन्द्वतर्फ लैजान लागिरहेका छौं,’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू