Ads

मधेसमा कांग्रेसलाई बलियो बनाउन सबै जुट्नुपर्छ : विमलेन्द्र निधि


धनुषा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसलाई बलियो बनाउने गरी काम गर्न आग्रह गरेका छन् ।

शनिबार जनकपुरधामको श्री महाविर युवा कमिटीका कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदभार, सपथ ग्रहण र प्रमाणपत्र वितरणको अवसरमा नेता निधिले मधेसमा पहिले जस्तै कांग्रेसलाई बलियो बनाउन सबै जु्ट्नुपर्ने बताए। उनले सङ्घीयता बलियो बनाउनुपर्ने भन्दै प्रदेशमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटीका नवनिर्वाचित अध्यक्ष अजय गुप्ता नेतृत्वको ११ सदस्यीय पदाधिकारी र सदस्यलाई सपथ गराएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू