Ads

मनमोहक जौबारी


इलाम । टल्किने हिमाल र सूर्योदयको दृश्यमा रम्न सकिने इलामको जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरुको गन्तव्यस्थल बनेको छ।

कोशी प्रदेश सरकारले जौबारी पुग्ने सडक स्तरउन्नती गरेसँगै पर्यटन पूर्वाधार निर्माण गरिएपछि अहिले यहाँ देश विदेशका पर्यटकहरु पुग्न थालेका हुन् ।

सदरमुकाम इलाम बजारबाट ३० किलोमिटरको उत्तर दक्षिण क्षेत्रको यात्रापछि गरेपछि पुगिन्छ, इलामको सुन्दर हिमाली व्यापारिक तथा पर्यटकीय केन्द्र जौबारी हो । जौबारीलाई इलामको मुस्ताङ समेत भनिन्छ । हिमाली चुचुरासँग कुम जोड्दै, लालिगुराँसको फुलमा रम्दै र प्राकृतिक छटामा स्वर्गीय आनन्द लिन सकिन्छ जौबारीमा । जौबारी क्षेत्र, देशको संघीय संरचना पछि सन्दकपर गाउँपालिका–५ र माई जोगमाई गाउँपालिका–२ मा अवस्थित छ । जौबारी पुग्ने सडक स्तरउन्नती गरिएपछि अहिले नेपालको तराई क्षेत्रका पर्यटक पनि पुग्न थालेका छन् । जौबारीमा भारतको दार्जिलिङबाट मानेभञ्ज्याङ हुँदै पर्यटक आउने गरेको स्थानीय मान बहादूर गुरुङ्गले बताएका छन् ।

वर्षातयामको झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिमपात जौबारीमा पर्यटक तान्ने माध्यम हो । जौबारी पुग्दा स्वर्गीय आनन्द टल्कने हिमालको दृश्यबाट लिन सकिन्छ । झरि, हुस्सुकुहिरो र हिउँदमा पर्ने बाक्लो हिउँको चिसोको वास्ता नगरि जौबारी पुग्ने पर्यटकलाई स्थानीयले न्यानो स्वागत गर्छन् । वर्षातसँगै बाक्लो हिमपात हुँदा जौबारीमा हिउँ खेल्ने पर्यटकहरुको भिड नै लाग्ने भएकाले पर्यटन पूर्वाधारलाई प्राथमिकता दिएको माइजोगमाइ गाउँपालिका अध्यक्ष कुसबहादुर थेवेले बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू