काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वाधार विकास समितिको सभापति पाउने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तापक्ष र राप्रपाका नेताहरूबीच भएको छलफलमा राप्रपा कोशी प्रदेश सरकारलाई समर्थन गर्न सहमत भएको हो ।
सत्ता गठबन्धनबाट मुख्यमन्त्री बनेका उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकारलाई समर्थन गर्ने भएपछि राप्रपाले प्रतिनिधिसभाअन्तर्गतको एउटा समितिको नेृतत्व पाएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समिति राप्रपालाई दिएका हुन् ।
राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए।
दीपक सिंहले ऊर्जा राज्यमन्त्रीको पनि जिम्मेवारी सम्हालिसकेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सुरूमा राप्रपा पनि सहभागी थियो। सिंह त्यतिबेला राज्यमन्त्री नियुक्त भएका थिए।
प्रतिक्रिया दिनुहोस्