काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले संसदको पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।
माओवादी केन्द्रले सापकोटालाई पूर्वाधार विकास समितिको सभापतिका रुपमा अगाडि सारेको थियो ।
कोशी प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सघाउने सर्तमा राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्