काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दामा आइतबारको पेसी स्थगित भएको छ।
न्यायाधीश प्रकाशकुमार पण्डितको इजलामा पाँचौं नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।
पेशीको सूचीमा पाँचौ नम्बरमा रहेको मुद्दालाई समय अभाव देखाउँदै न्यायाधीसले हेर्न नभ्याउनेमा राखेका हुन् । यसअघि पनि विभिन्न बहाना गरेर मुद्दाको फैसला पछि धकेलिँदै आएको छ । सन्दीपले एसिया कपअगाडि मुद्दाको फैसला होस भन्ने चाहेका थिए ।
आज पनि मुद्दाको सुनुवाइ सुरु हुन नसकेपछि एसिया कपअघि फैसला आउने सम्भावना कमजोर बनेको छ । अर्को पेशीको मिति आजै तोकिने छ ।
प्रतिक्रिया दिनुहोस्