काठमाडौं । नेपाली सेनाका एकजना गुल्मपति विमल पण्डित डोल्पा सदरमुकाबाट बेपत्ता भएका छन्।
गएरातिदेखि पण्डित सम्पर्कबिहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले पुष्टि गरेका छन् ।
‘बडीगार्डलाई पनि छाडेर एक्लै निस्किनुभएको हुँदा हिजोदेखि सम्पर्कमा नआउनु भएको खबर आएपछि खोजीमा टोली परिचालन गरेका छौं’, उनले भने, ‘अहिले यहाँ नेटवर्कको पनि समस्या छ, त्यसैले खोजीमा केही जटिलता छ ।’
प्रतिक्रिया दिनुहोस्