काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी अािर्थक सहयोग कार्यक्रम मिलृनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक टिप्पणीमा सम्बन्धमा प्रश्न उठेकाले संसदीय समितिमा छलफल गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमवारको बैठकमा अध्यक्ष नेपालले एमसीसीको व्याख्यात्मक टिप्पणीबारेमा प्रश्न उठेकाले त्यसबारेमा समितिमा छलफल गर्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू आइसकेका छन् । केही जल्दाबल्दा विषय छन् । एमसीसीका कुरा पनि उठेका छन्, व्याख्यात्मक टिप्पणीको कार्यान्वयन भइरहेको छ कि छैन ? भन्नेबारेमा पनि कुरा उठिसकेको छ । यी विषयमा छलफल गर्नुपर्छ,उनले भने ।
उनले राष्ट्रियतासँग जोडिएका जल्दाबल्दा समस्याहरू देखिएको भन्दै त्यसतर्फ पनि गम्भीर हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्