Ads

मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु


दार्चुला । मट्टीतेल छर्केर  आगो  लगाएकी दार्चुलाकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आइतबार जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् । घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो ।

आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू