Ads

२०८० भदौं १२ गते मंगलबार, तपाईको दैनक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )मनमा चिन्ता बढने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला ।

वृष ( इवाविवुवेवो )भाग्यले साथ दिनेछैन खर्च बढने लेन देनमा विबाद बढनेछ संयम भएर काम गर्नुहोला ।उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।

मिथुन ( काकिकुकेकोहा )व्यापारमा सफलता पाउनुहोला यात्रा गर्ने अवसर पनि मिलनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।

कर्कट ( हिहुहेहोडाडिडुडेडो )अधुरा काम बन्ने योग छ । नोकरि तथा राजनितीमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला ।

सिंह ( मामिमुमेमोटाटिटुटे )परिश्रमले काममा रुचि बढने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला ।

कन्या ( टोपापिपुपेपो )व्यापारमा सफलता पाउने यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ ।

तुला ( रारिरुरेरोतातितु, ते ) दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ ।

वृश्चिक ( तोनानिनुनेनोयायियु )अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् ।

धनु ( येयोभाभिभुधाफाढाभे )अनावस्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।

मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि ) रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।

कुम्भ ( गुगेगोसासिसुसेसोदा ) आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला ।

मीन ( दिदुदेदोचाचि )लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला ।अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला ।

Ads

सम्बन्धित पोष्टहरू