Ads

पहाडमा फैलिँदै आँखा पाक्ने समस्या


काठमाडौं\ एक महिनायता बढी देखिएको आँखा पाक्ने समस्या अर्थात् भाइरल कन्जंक्टिभाइटिस तराईका जिल्लामा केही घटेको छ । तर पहाडी जिल्लामा भने आँखा पाक्ने समस्या कायमै देखिएको छ ।

तराईमा दुई साता अघिसम्म संक्रमणको जोखिम बढीरहेको थियो । तर अहिले पहाडमा समस्या देखिएको हो । नेपाल नेत्र ज्योति संघकाअनुसार तराईका जिल्लामा आँखाको उपचार गराउनेमध्ये ५ देखि ७ प्रतिशतले आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । यस्तै पहाडि जिल्लाका अस्पतालमा आँखा उपचारका लागि आउने मध्ये अझै ५० देखि ६० प्रतिशतसम्ममा आँखा पाक्ने समस्या देखिएको छ ।

अर्घाखाँची, कास्कीलगायतका जिल्लामा एक साताअघि आँखा पाक्ने समस्या घटेको थियो । तर अहिले फेरि बढ्न थालेको नेत्र ज्योति संघले जनाएको छ ।

यता काठमाडौंको नेपाल आँखा अस्पतालमा दैनिक ७० जनासम्म र तिलगंगा आँखा प्रतिष्ठानमा दैनिक १ सय ५० जनाको हाराहारीमा आँखा पाक्ने समस्या लिएर बिरामी आउने गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू