इलाम, बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ ।
सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको छ । आठ वर्षदेखि गोठ सञ्चालन गर्दै आएका सन्दकपुर गाउँपालिका–२ का शिव राईले विद्युत पुगेपछि दैनिकी नै परिवर्तन भएको बताएका छन् ।
इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युतको उज्यालो छ । घना जङ्गलको बीचमा सञ्चालनमा आएको गोठमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो । विद्युत पुगेपछि जङ्गली जनावरको आक्रमणमा पनि कमी आएको छ । गोठमा पालिएका बाख्रा, गाई र चौँरीको रेखदेखका लागि विद्युत् विस्तारले सहयोग पुगेको हर्कमान मुखियाको भनाइ छ । आधारभूत सुविधा नभएको क्षेत्रमा विद्युत् पुगेपछि घरधन्दा गर्न पनि सहज भएको गोठ सञ्चालिका सञ्जीला राईले बताए ।
इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, कालपोखरी, बिखेभञ्ज्याङ बन्दुके, धुपी, आहाललगायत क्षेत्रमा गोठ राखेर पशुपालन हुँदै आएको छ । व्यावसायिक रुपमा पशुपालन गरिएका क्षेत्रमा विद्युत्को उज्यालो पु¥याउने योजनाअनुसार विद्युत् विस्तारको काम हुँदै आएको सन्दकपुर–२ का अध्यक्ष सनम राईले बताएका छन् ।
विद्युत्को उज्यालो नपुग्दा मोबाइल चार्ज गर्न पनि घन्टाँै धाउनुपर्ने बाध्यता अहिले विद्युत विस्तारसँगै सहज भएको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन गरी दूध, घ्यू, छुर्पी, चीज उत्पादनसँगै बिक्रीबाट किसानले आम्दानी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्