काठमाडाैँ । प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले कुनै प्रकरणको अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न आवश्यक छैन भनेर निर्देशन दिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा रास्वपा सांसद अशिम शाहले सोधेको प्रश्नको जवाफमा उनले समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात गरेको बताएका हुन्।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको नाम उच्चारण नगरी साहले आफ्नो ‘एसम्यान’लाई बचाउन प्रधानमन्त्री लागिपरेको टिप्पणी गरेका थिए । ‘भ्रष्टाचारको छानबिन कसैलाई पनि बचाउने, कसैलाई अप्ठ्यारोमा पार्ने नियतले गरिएको छैन । दोषी कोही नछुटोस्, कोही निर्दोष नफसोस् भनेर भनेको छु,’ प्रचण्डले संसदमा भने, ‘यतिसम्म पनि भनेको छु, अनुसन्धानको क्रममा प्रधामनन्त्री आउँछ भने छाड्न आवश्यक छैन, मेरो पार्टीको त के कुरा !’
प्रचण्डले प्रधानमन्त्रीको कुर्सी टिकाउने नभइ राजनीतिक प्रणालीप्रति जनतामा देखिएको वितृष्णा कम गर्न भ्रष्टाचारीमाथि छानबिन शुरू गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्