Ads

शुल्कवृद्धिको विरोधमा नेविसंघको प्रदर्शन (तस्बिरहरू)


काठमाडाैँ । नेविसंघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई आंगिक क्याम्पस स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिन माग गरेको छ।

नेविसंघकाे नेतृत्वमा मंगलबार प्रदर्शन गर्दै शुल्कवृद्धि फिर्ताको माग गरेका हुन्।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन शशिधर राम जोशीको पुत्ला बनाएर विरोध जनाएका हुन् ।

जोशीको पुत्ला पुल्चोक क्याम्पसबाट बालुवाटारसम्म लैजाने तयारी भए पनि क्याम्पसबाहिर निस्कनासाथ प्रहरीले प्रदर्शनकारीको हातबाट पुत्ला खोसेको थियो । विद्यार्थीहरूको प्रदर्शन अहिले काठमाडौंस्थित माइतीघर मण्डलतर्फ अगाडि बढेको छ ।

आठ दिनदेखि आमरण अनशनमा रहेका नेविसंघका नेता सुलभ चापागाईंको जीवनरक्षाको पनि माग गरिएकाे छ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क वृद्धि गरेको फिर्ता, इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यायलको इन्जिनियरिङ शिक्षामा मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषण गर्नुपर्नेजस्ता माग नेविसंघले राख्दै प्रदर्शन गर्दै आइरहेकाे छ।

Ads

सम्बन्धित पोष्टहरू