Ads

कुलमान घिसिङलाई तत्काल निलम्बन गर्न सांसद प्रेम सुवालको माग


काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् ।

उनले डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिने तर अर्बौं महसुल नतिर्नेहरूसँग मन्त्रीहरूले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउने गरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

सांसद सुवालले राजनीतिक दलहरूले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनै पर्ने प्रावधानसहितको निर्वाचनसम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरीत रहेकाले मान्य नहुने पनि बताए ।

Ads

सम्बन्धित पोष्टहरू