काठमाडाैँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ।
मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो।
मुख्य न्यायाधीश आमेर फारूक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले राजकीय उपहारको व्यक्तिगत रूपमा प्रयोग गरेको अभियोगमा यसअघि इस्लामावादको ट्रायल कोर्टले गरेको आदेश निलम्बन गरेको हो।
पाकिस्तानको निर्वाचन आयोगले हालेको मुद्दामा सुनुवाइ गर्दै ट्रायल कोर्टले इमरानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशसँगै इमरान जेल गएका थिए भने पाँच वर्षसम्म चुनाव लड्न अयोग्य भएका थिए।
उक्त आदेशविरूद्ध इमरानले उच्च अदालतमा पुनरावेदन दिएका थिए।
पाकिस्तानमा केही महिनामै आमनिर्वाचन हुँदैछ।
प्रतिक्रिया दिनुहोस्