Ads

२०८० भदौं १३ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दशौँ राशिमा रहेकाले गर्दा समय शुभ रहेको छ। आज नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर नवौँ राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ।  आज महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। आज स्वास्थ्य पनि सामान्य नै रहनेछ।  धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आठौँ राशिमा रहेकाले गर्दा समय त्यति अनुकूल रहेको छैन।आज नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर सातौँ राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सिंह राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर छैटौँ राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ। आज आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। आज धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर पाँचौ  राशिमा रहेकाले गर्दा समय सामान्य रहेको छ। आज शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर चौंथो  राशिमा रहेकाले गर्दा समय खराब रहेको छ।  आज यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर तेश्रो राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ । आज व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धनु राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर दोश्रो राशिमा रहेकाले गर्दा समय सामान्य रहन सक्छ । आज मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। आज लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर आफ्नै राशिमा रहेकाले गर्दा समय राम्रो रहन सक्छ । मकर राशि भएकाहरूका लागि आज मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर बाह्रौं राशिमा रहेकाले गर्दा समय खराब रहेको छ । आज स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। आज परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मीन राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर एघारौँ राशिमा रहेकाले गर्दा समय धेरै राम्रो रहेको छ । आज व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ।

Ads

सम्बन्धित पोष्टहरू