काठमाडौ\ नेकपा एमालेका सचेतक महेश कुमार वर्तौलाले योगदानमा आधारीत सामाजिक सुरक्षा कोषको ऐनलाई संसोधन गर्न दफा २९ मा ल्याईएको प्रस्ताव लापरवाहीपूर्ण भएको दावि गरेका छन् ।
सामाजिक सुरक्षा कोषको सदस्य मात्रै हुने तथा अध्यक्ष नहुने व्यवस्था गरिएकोमा सो प्रावधान लापरवाहीपूर्ण रहेको उनको भनाई छ । प्रतिनिधीसभामा संवोधनका क्रममा मकवानपुर २ बाट निर्वाचित साँसद वर्तौलाले सरकारले ल्याएको केहि नेपाल ऐन संसोधनको सैद्धान्तिक विषयमा छलफल गर्दै लापरवाही भएको कुरा कानुन मन्त्रालय र कानुन मन्त्रीलाई जानकारी छ कि छैन ? भनि प्रश्न पनि गरे ।
उनले हिंसात्मक गतिविधि गर्ने समुहहरु अपराधी हुन कि राजनीतिक समुह हुन् भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्