स्याङजा । स्याङजाको बिरुवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको अरिंगालको टोकाईबाट मृत्यु भयको छ ।मंगलवार साँझको समयमा घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका श्रेष्ठला अअरिंगालले टोकेर घाइते भएका थिए ।
स्थानियको सहयोगमा घाइते श्रेष्ठलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको थियो । उपचारका क्रममा राति एक बजे श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
अरिंगाल पोल्न श्रेष्ठसहित छ जना गएकोमा अन्य पाँच जनालाई केही नभएको स्थानियले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका स्याङजाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्