Ads

एमसीसी कार्यान्वयनमा ल्याए सहकार्य तोड्ने बिप्लवको चेतावनी


काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा आबद्ध दल  नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मोर्चा र माओवादी केन्द्रसँग समेत सहकार्य तोड्नेसम्मको चेतावनी दिएका हुन् ।

प्रचण्डलाई भेट्न  आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन  नगर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने बताएको नेकपाका नेता अनिल शर्माले जानकारी दिए ।

नेता शर्माका अनुसार विप्लवले एमसीसी यथास्थितीमा कार्यान्वयनमा गए माओवादी केन्द्रसँग सहकार्य हुन नसक्ने चेतावनी समेत दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू