Ads

राहुल महरालाई म्याद थपका लागि अदालत पेस गरियो


काठमाडौं । सुन तस्करी प्रकरणमा सीआईबीको नियन्त्रणमा रहेका कृष्णबहादुर महराका छोरा राहुल महरालाई अदालत पेस गरिएको छ।

महराका बाबुछोरा नै भेपमार्फत् सुन तस्करी भएको प्रकरणमा जोडिएका छन्। बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियाे ।

भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । तर सो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा चलाएको थिएन ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू