Ads

एमालेले सवै प्रदेशमा संविधान दिवश मनाउने


काठमाडौ\ नेकपा (एमाले) ले सातै प्रदेशमा संविधान दिवस मनाउने भएको छ । एमालेको बुधबार सिराहाको सर्रे अम्बासमा बसेको सचिवालयको २५ औं बैठकले संविधान जारी भएको दिन, असोज ३ गते सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

‘संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारेर सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेका छौं,’ सचिव योगेश भट्टराईले बताए । एमालेले दसैं र तिहार पर्वको बीचमा पोलिट्ब्युरो बैठक गर्ने निर्णय गरेको छ। मंसिरमा केन्द्रीय कमिटी बैठक राख्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंसिरमा धनगढीमा केन्द्रीय कमिटी राख्ने र त्यसले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियानको योजना बनाउने पनि एमालेले बताएको छ । २०७३ फागुन २१ देखि चैतको ९ गतेसम्म एमालेले मेची(महाकाली अभियान चलाएको थियो । अहिले मध्यपहाडी राजमार्गमा त्यस्तै युवालक्षित अभियान चलाउन लागेको हो ।

एमालेले चौथो महाधिवेशन आयोजना भएको विष्णुपुरकट्टीको सर्रे अम्बासमा नजिकैको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी ३ लाखको अक्षय कोषसमेत खडा गरेको छ।

विद्यालयको नाममा १८ कट्ठा जग्गा पनि खरिद गरेको छ । त्यस्तै चौथो महाधिवेशन भएको काठेघरलाई संरक्षण गर्न त्यहाँको १४ कट्ठा जग्गालाई मदन भण्डारीको पार्कको नाममा खरिद् गरिएको छ। बुधबार त्यहाँ नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पूरा भएको सन्दर्भमा हिरक स्तम्भको समेत शिलान्यास गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू