Ads

सुशासनको अभियान असफल गराउने दुष्प्रयत्न भइरहेको छः गृहमन्त्री श्रेष्ठ


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन्।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले थालेको सुशासन अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन्।

जुन प्रवृत्ति र तागतविरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरू संगठित भएर सरकारको अभियान असफल गर्न लागेको उनले बताए।
सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्दै उनले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइछाड्ने दाबी गरे।

मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउन राष्ट्रिय मुद्दाहरूमा सबै राजनीतिक पार्टीहरूले सहमति कायम गर्नुपर्ने बताए।

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने पनि बताए।

Ads

सम्बन्धित पोष्टहरू