Ads

माओवादीलाई अपराधी करार गरेर जेल पठाउने षडयन्त्र भइरहेको छ: विप्लव


काठमाडाैँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले माओवादीलाई अपराधी करार गर्न खोजिएको भन्दै यो ठूलो षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

शुक्रबार पोखरामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले देशको कार्यकारीलाई नै हत्यारा भन्ने कुरा बजार र चोकचोकमा रहेको टिप्पणी गरे ।

समाजवादी मोर्चाले शुक्रवार पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध लडेका नेतालाई जेल हाल्ने षडयन्त्रविरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् ।

‘जनयुद्ध लडेर आएका नेताविरुद्ध षडयन्त्र हुँदैछ, गणतन्त्र ल्याउने माथि षडयन्त्र भइरहेको छ । अहिले प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ, कार्यकारी प्रमुखसमेतले मुद्दा व्यहोर्नु परेको छ । छिटोभन्दा छिटो अपराधी करार गरेर जेल पठाउने षडयन्त्र भइरहेको छ’ विप्लवले भने, ‘हामी खबरदारी गर्न चाहन्छौं माओवादीहरुले फुट्न मात्र होइन जुट्न पनि जानेका छन्, जनताको अधिकार खोस्ने षडयन्त्रविरुद्ध हामी लड्छौं ।’

विप्लवले माओवादी आन्दोलनलाई एकताबद्ध गर्ने इतिहासको आवश्यकता महसुस गरेर समाजवादी मोर्चा गठन भएको बताए । ‘माओवादी मोर्चा हुँदै सबै कम्युनिस्टलाई एकताबद्ध गर्ने हाम्रो प्रयास जारी रहन्छ, समाजवादी मोर्चा आफ्नो लक्ष्यमा पुग्न प्रतिबद्ध छ’ विप्लवले भने ।

Ads

सम्बन्धित पोष्टहरू