गोरखा । गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा फेला परेको शङ्कास्पद वस्तु निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पारेपछि आँबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत खुलाइएको छ ।
आज बिहान झन्डै ५ बजे सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला पारेपछि सडक बन्द गरिएको थियो । प्रेसरकुकर नजिकै रातो झण्डा पनि भेटिएको थियो ।
केहीबेर अघिदेखि सडकमा यातायात सञ्चालनमा आएको एसपी अनुपम श्रेष्ठले बताएका छन् । शङ्कास्पद वस्तु कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्