Ads

जनस्तर देखिको सम्वन्ध प्रगाढ बन्दै


जनकपुर\ भारतको जयनगरदेखि नेपालको कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन हुन थालेपछि नेपाल–भारतको जनस्तरको सम्वन्ध प्रगाढ बन्दै गएको छ । रेल सेवाको प्रभाव स्व?प नेपाली धार्मिक स्थलह?मा भारतीय पर्यटकह?को संख्या बढेको छ भने बजारमा चहल पहल पनि थपिएको छ ।

रेल सेवा सञ्चालन पछि मधेश प्रदेशको राजधानी तथा ऐतिहासिक धार्मिक सहरमा रहेका जानकी मन्दिरमा लाग्ने पर्वका बेला जनकपुरधाम आउने यात्रुको घुइँचो लाग्ने गरेको छ । अन्तरदेशीय रेल सेवा सञ्चालनले दुई देशलाई जनस्तरबाट जोड्ने र भारतसँगको सम्बन्ध प्रगाढ बनेको नेपाल रेलवे कम्पनीका इन्जिनियर रवीन्द्र साह बताउँछन् ।

रेल सेवाका माध्यमबाट दुवै देशका धार्मिक पर्यटकलाई यात्रा गर्न सहज भएको उनको भनाई छ । रेल यात्रा सहज र सुरक्षित बनाउन आगामी दिनमा रेलको बिमा, स्टेसनहरूमा सिसी क्यामेरा जडान, यात्रु रेल थप्ने र कार्गो रेल सञ्चालनका लागि कार्गो रेल पनि भारत सरकारसँग माग गरेका गरेको उनको भनाई छ । यसका लागि परराष्ट्र मन्त्रालय मार्फत पत्रसमेत पठाइएको उनले जानकारी दिए ।

व्यवसायमा उत्साह

रेल सञ्चालनले दुई देशको सम्बन्ध प्रगाढ हुनुका साथ दुई देशको व्यापारलाई पनि फाइदा पुगेको उद्यमी व्यवसायीह?को भनाई छ । कार्गो े रेल सञ्चालनमा आएपछि दुवै देशका व्यापारीलाई फाइदा हुने र आमनागरिकले सुपथ मूल्यमा सामान खरिद गर्न पाउने जनकपुर उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष परमेश्वर साहको भनाइ छ ।

२०७८ साल चैत १९ गते भारत भ्रमणमा गएका नेपालका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट जयनगर–कुर्था (जनकपुर) रेल सेवाको विधिवत उद्घाटन गरेपछि रेल सञ्चालनमा आएको थियो । रेलले घण्टौँको दुरीलाई छोट्याएको मात्र छैन, पैसा र समयको समेत बचत पनि गरेको छ ।

विस्तार हुँदै दूरी

उद्घाटनका व्रmममा भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर मात्र सञ्चालन भएको रेल अहिले महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर दैनिक एक पटक र कुर्था–जयनगर दैनिक दुई पटक सेवा दिँदै आएको छ ।

जनकपुर–जयनगर चलाउन तामझामसहित २०७७ असोज पहिलो साता नेपाल आइपुगेको दुई वटा रेल एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएको थियो । रेल चलाउन नेपाल रेलवे कम्पनीले भारतको कोंकण रेलवेसँग सम्झौता गरेको छ ।

नियमित सेवा दिने गरी भन्सार र मूल्य अभिवृद्धि करसहित एक अर्ब ५ करोड ?पियाँमा किनिएको रेल खरिद गरेको १७ महिनापछि मात्र सञ्चालनमा आएको थियो । रेल सञ्चालनमा अहिले पनि भारतका १९ जना जनशक्ति परिचालित छन् ।

Ads

सम्बन्धित पोष्टहरू